Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोडमाथि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोडमाथि



काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २७.४१ अंकले बढ्दै २६ सय ४५ को विन्दुमा उक्लेर रोकिएको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये आज जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी अर्थात २ सय ३६ अंकले बढेको छ । यस्तै यसदिन वित्त समुहको परिसुचक ११६ अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचक ९२ अंकले बढेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचक ८१, होटल तथा पर्यटन समुहको परिसुचक ७५ लघुवित्त समुहको परिसुचक ६१ र निर्जीवन बीमा समुहको परिसुचक ८१ अंकले बढेका छन् ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ५.५३ अंकको वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये ३ सय ७ कम्पनीका १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३४ करोड ४८ लाख ९ सय रुपैयाँ पुगेको छ ।

आज २ सय १३ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २८ कम्पनीको सेयरमुल्यमा गिरावट देखिएको छ । यस्तै आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये जानकी फाईनान्स र दोल्टी पावर कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्