Logo

नौ अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

नौ अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार



काठमाडौं । सातको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ९.१९ अंकले घट्दै २६ सय १७.९५ को विन्दुमा झरेर रोकिएको हो ।

यसदिन कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा गिरावट आएको छ । जसमा आज बैंकिङ, विकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्तलगायतका समुहको परिसुचक ओरालो लागेका छन् ।

आज कुल ३ सय २० कम्पनीका १ करोड ११ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ४१ कम्पनीको सेयरमूल्य घटेको छ भने ९१ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्