Logo

लगातार ओरालो लाग्दै सेयरबजार, साताको अन्तिम दिन १८ अंकले घट्दा कारोबार साढे ५ अर्ब नजिक

लगातार ओरालो लाग्दै सेयरबजार, साताको अन्तिम दिन १८ अंकले घट्दा कारोबार साढे ५ अर्ब नजिक



काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक लगातार ओरालो लागिरहेको छ । साताको अन्तिम दिन ‘बिहीबार’समेत नेप्से दोहोरो अंकले घटेको हो । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १८.२५ अंकले घट्दै २६ सय २७ को विन्दुमा ओर्लिएर रोकिएको छ ।

आज कुल ३ सय १७ कम्पनीका १ करोड २२ लाख ८३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ नाघेको छ ।

आज कारोबारमा आएकामध्ये जलविद्युत बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज १ सय ७० कम्पनीको सेयरमुल्यमा गिरावट आउँदा ६७ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । बिहीबार एनएलजी इन्स्योरेन्सको सबैभन्दा बढी ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ

प्रतिक्रिया दिनुहोस्