Logo

२० अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब नाघ्यो

२० अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब नाघ्यो



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २०.४१ अंकले घट्दै २६ सय ४५ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २४ कम्पनीका १ करोड ५७ लाख ४२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँ माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये वित्त र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज १ सय ५५ कम्पनीको सेयरमूल्य घट्दा ७६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमूल्य बढेका कम्पनीमध्ये आइसीएफसी फाइनान्सको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्