Logo

करिव ८ अंकले ओरालो लाग्यो नेप्से, १ अर्व २० करोडको कारोवार

करिव ८ अंकले ओरालो लाग्यो नेप्से, १ अर्व २० करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको कारोवार हुने अन्तिम दिन आज नेप्से ७ दशमलव ८४ अंकले ओरालो लागेको छ । बिहीवार सेयर बजार १ हजार ६ सय दशमलव ४९ अंकमा झरेर बन्द भएको हो ।

सो दिन कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । बिहीवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४२ दशमलव ६४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल ३७ दशमलव ६१,वीमा ३६ दशमलव ८९ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह १० दशमलव ७१ ऋंकले घटेको छ ।

त्यसैगरी सो दिन फाइनान्स समुह ५ अंकले घटेको छ । यता विकास बैंक,उत्पादन र अन्य समुहको परिसुचक भने क्रमशः ९ दशमलव २९,३ दशमलव ४९ र २ अंकले उकालो लागेको छ ।

बिहीवार शिखर इन्स्योरेन्सको सवैभन्दा बढी १० करोड ९५ लाखको कारोवार भएको छ । सो दिन १ सय ३८ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १६ लाख कित्ता सेयरबाट १ अर्व २० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्