Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २५.८८ अंकले बढ्दै २६ सय ६५.८१ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी १ सय ४८ अंकले उकालो लागेको छ ।

यस्तै आज वित्त समुहको परिसुचक ९६ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक ७८, जीवन बीमा समुहको परिसुचक ६३, विकास बैंक समुहको परिसुचक ६४ र जलविद्युत समुहको परिसुचक ४५ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक मंगलबार १० अंकले बढेको नेप्सेले जानकारी दिएको छ ।

कारोबार अवधिभर आज ३ सय १४ कम्पनीका १ करोड ९ लाख ६२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब १७ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । आज कारोबारमा आएकामध्ये १ सय ९९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने बाँकी ५ कम्पनीको सेयरमूल्य यथावत छ ।

प्रतिक्रिया दिनुहोस्