Logo

धितोपत्र बोर्ड अध्यक्ष बरालको उद्घोष : १० प्रतिशत मात्रै आइपीओ जारी गर्न स्वीकृति दिइन्न

धितोपत्र बोर्ड अध्यक्ष बरालको उद्घोष : १० प्रतिशत मात्रै आइपीओ जारी गर्न स्वीकृति दिइन्न



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले अब चुक्ता पुँजीको न्यून हिस्सा मात्रै आइपीओ निष्काशन गर्ने कम्पनीलाई स्वीकृति नै नदिने बताएका छन् । विश्व लगानीकर्ता दिवश २०२४ को अवसरमा आयोजित कार्यक्रममा उनले चुक्ता पुँजीको १० प्रतिशत मात्र सेयर जारी गर्न खोज्ने कम्पनीहरुलाई आफ्नो कार्यकालभरि सेयर निष्काशनको अनुमति नै नदिने बताएका हुन् ।

उनले कानुनमा चुक्ता पुँजीको १० देखि ५० प्रतिशतसम्म सेयर आईपीओको रुपमा निष्काशन गर्न सकिने व्यवस्था रहेको बताउँदै त्यसैको फाईदा उठाएर १० प्रतिशत मात्रै सेयर जारी गर्न खोज्ने कम्पनीलाई कडाई गर्ने बताए । यसले लगानीकर्ताको हित संरक्षणको हुने उनको भनाई छ ।

उनले त्यस्ता कम्पनीहरुले १० प्रतिशत मात्र सेयर बेचेर बाँकि ९० प्रतिशत सेयरको भ्यालु बढाएर कम्पनीलाई एक्जिट गराउने गरेकोसमेत बताए । अब आईपीओको लागि दर्ता हुन आउने कम्पनीले कम्तिमा २० देखि २५ प्रतिशत सेयर सार्वजनिक निष्काशन गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्