Logo

५८ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

५८ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक करिव ५८ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ५७.९९ अंकले घट्दै २६ सय ३९ को विन्दुमा झरेर बन्द भएको हो ।

यसदिन कारोबारमा आएका सबै समुहको परिसुचकमा गिरावट देखिएको छ । जसमध्ये जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी अर्थात २ सय ८० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक २ सय २८ अंकले घटेको छ । यस्तै आज फाईनान्स समुहको सेयरमूल्य १ सय ११ अंकले घट्दा होटल तथा पर्यटन समुहको परिसुचक १ सय ८ अंकले घटेको छ ।

यसदिन उत्पादनमुलक समुहको परिसुचकमा १ सय १७ अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचक ९४ अंकले घटेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक भने सोमबार ३६ अंकले घटेको छ ।

आज कारोबार अवधिभर ३ सय १९ कम्पनीका १ करोड ३८ लाख ६३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । यसअघि आईतबार कारोबार रकम ८ अर्ब नाघेको थियो ।

आज कारोबारमा आएकामध्ये २ सय २१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा २३ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्