Logo

पठाओले सुरु गर्याे कार रेन्टल सेवा, नेपालभरका लागि ट्याक्सी पनि बुकिङ गर्न सकिने

पठाओले सुरु गर्याे कार रेन्टल सेवा, नेपालभरका लागि ट्याक्सी पनि बुकिङ गर्न सकिने



काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् ।

हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् ।

रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ‘राउण्ड ट्रिपु वा’ ड्रपुको सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । जसले ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् ।

पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको हमालले बताइन् । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ ।

पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । यो सेवा पठाओ नेपालको नारा ुमुभिङ नेपालुकै आशयमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्