Logo

नेप्सेमा ४७ अंकको गिरावट, कारोबार ८ अर्ब नाघ्यो

नेप्सेमा ४७ अंकको गिरावट, कारोबार ८ अर्ब नाघ्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४७.४४ अंकले घटेर २६ सय ९७ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज २ सय २६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज जम्मा १८ कम्पनीको सेयरमूल्य भने उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका २ करोड ८ लाख ६८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ पुगेको छ । आज गुडवील फाईनान्स लिमिटेडको सबैभन्दा बढी ४५ करोड बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्