Logo

ग्यालेक्सी एस २४ एफई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

ग्यालेक्सी एस २४ एफई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस२४ एफईको सार्वजनिक गरेको छ । एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस २४ एफईले प्रयोगकर्ताहरूलाई अझ रचनात्मकता दिने कम्पनीले दावी गरेको छ । कम्पनीका अनसार ६.७ इन्चको डायनामिक एमोलेड २ एक्स डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेट रहेको कम्पनीको भनाइ छ ।

साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको छ । ग्यालेक्सी एस २४ एफईले प्रिमियम ग्यालेक्सी एआई र इकोसिस्टम कनेक्तिभिती प्रदान गरी सञ्चार, उत्पादकता र रचनात्मकता बढाउँने कम्पनीले बताएको छ । जुन सबै एक प्रतिष्ठित डिजाइनमा र शक्तिशाली सामसङ नोक्सको सुरक्षाको साथ आउँछ ।

दृश्य गुणस्तरलाई अविश्वसनीय उचाइहरूमा लग्नको लागि सामसङको डायनामिक एआई–संचालित क्यामेरा इन्जिन, प्रोभिजुअल इन्जिनले क्यामेरा सिस्टमको क्षमताहरू अझ धेरै बढाएको कम्पनीको भनाइ छ । एफई सिरिजमा पहिलो पटक आएको प्रोभिजुअल इन्जिनले धेरै सुधारिएको टेक्नोलोजीको सुविधा दिने कम्पनी दावी गर्छ ।

त्यस्तै, एआई छवि सङ्केत प्रशोधनको साथ नाइटग्राफीले कम प्रकाश प्रदर्शनमा सुधार गर्न, सुन्दर नाइट पोर्त्रेटहरू लिने क्षमता दिने छ । अप्टिकल ३ एक्स जुमको अतिरिक्त २ एक्सबाट जुम स्तरहरूमा अप्टिकल–गुणस्तरको पर्फर्मेन्स दिन वाइड क्यामेराको ५०एमपी एडप्टिभ पिक्सेल सेन्सरसँग काम गर्दछ । एआई जुमले डिजिटल जुम लम्बाइहरू बिचको दूरीमा परिष्कृत छवि गुणस्तर पनि प्रदान गर्दछ ।

एडित गर्न पर्दा, फोटो असिस्ट सुविधाको सोचहरूलाई जीवन्त बनाई दिन्छ । ग्यालेक्सी एस२४ सिरिजका डिभाइसहरूसँग यसको परिचय भएदेखि, ग्यालेक्सी एआई इमेजहरू एडित गर्न र रचनात्मकता व्यक्त गर्नको लागि अमूल्य भएको छ ।त्यस्तै, जेनेरेटिभ एडितले अब्जेक्त चलाउने र हटाउने क्षमताहरू मार्फत पुनः सम्पादन गर्छ र थप रचनात्मक स्वतन्त्रतालाई अनुमति दिन्छ । पोट्रेट स्टुडियोले सेल्फीहरूलाई कार्टुन, कमिक्स, वाटर कलर पेन्टिङ वा स्केचका रूपमा अनलाइन प्रोफाइलहरूमा फ्लेयर थप्नको लागि रीइमाजिनको काम गर्ने कम्पनीको भनाइ छ ।

त्यस्तै, एडित सजेसनहरूले एक बटन थिचेर प्रतिबिम्ब जस्ता कष्टप्रद त्रुटिहरू तुरुन्तै हटाउँदछ । इन्स्ट्यान्ट स्लो–मोले जीवनका महत्त्वपूर्ण पलहरूको प्रत्येक सेकेन्डलाई क्षणभरमा अमर बनाउँछ । शक्तिशाली एक्सिनोस २४००सिरिज चिपसेटले रे–ट्रेसिङ जस्ता अत्याधुनिक सुविधाहरूको साथ स्मूड गेमिङ अनुभव प्रदान गर्ने कम्पनी बताउँछ । प्रत्येक बिट गति र दक्षताको गणना हुने संसारमा, ग्यालेक्सी एस२४ एफईले प्रतिस्पर्धामा अगाडि रहन धेरै मुख्य सुविधाहरू प्रयोग गर्दछ ।

त्यस्तै, १.१ एक्स ठूलो भेपर चेम्लेबर, जसले लामो अवधिको लागि पिक कार्यसम्पादन कायम राख्न कूलिङ सुधार गर्ने छ । ठूलो ४७०० एमएएच ब्याट्रीले लामो, चिन्तामुक्त गेमिङ स्तरको क्षमता दिने गर्छ । ६.७–इन्च एडप्टिभ डायनामिक एमोलेड २ एक्स डिस्प्ले–एफई सिरिजमा प्रयोग गरिएको सबैभन्दा ठूलो डिस्प्ले – १२० हर्जसम्मको रिफ्रेस दरले सहज र आश्चर्यजनक दृश्य अनुभव गर्न सकिने फोटो खिच्ने कम्पनीको दावी छ । भिजन बूस्टरले सूर्यको प्रकाशमा पनि स्पष्ट र आरामदायी गेमिङका लागि रंग र कन्ट्रास्टलाई अनुकूलन गर्छ ।

त्यसैगरि, ग्यालेक्सी एस २४ एफईले ग्यालेक्सी एस २४ सिरिज जस्तै अद्भान्स्ड एआईको अनुभव समावेश रहेको छन । काम सहज पार्न, सञ्चारलाई सरल बनाउन र कनेक्टिभिटी बढाउन डिजाइन गरिएको एस २४ एफईमा ग्यालेक्सी एआईले प्रगोगकर्ताहरुलाई नयाँ सम्भावनाहरू अनलक गर्ने सुविधाहरू समेत रहेका कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुगलको साथ सर्कल टु सर्लेचले होम बटनमा लंगप्रेस र सर्कल जेस्चरले मात्र तत्काल खोज परिणामहरू प्रदान गरेर अभूतपूर्व सहजताका साथ जिज्ञासालाई सन्तुष्ट पार्छ । अफलाइन हुँदा पनि इन्टरप्रेटरले तुरुन्तै व्यक्तिगत कुराकानी, व्याख्यान वा अन्य कुनै पनि प्रकारका प्रस्तुतीकरणहरू तुरुन्तै अनुवाद गर्ने कम्पनी दावी गर्छ । लाइभ ट्रान्सलेटले फोन कलहरूमा सञ्चार अवरोधहरू तोड्छ र अब चुनित लोकप्रिय तेस्रो–पक्ष एपहरूमा विस्तार गरिएको छ ।

त्यस्तै, सामसङ किबोर्डबाट कम्पोजरले इमेल र समर्थित सामाजिक मिडिया एपहरूको लागि साधारण किवर्डहरूमा आधारित सुझाव गरिएको टेक्स्ट उत्पन्न गर्दछ । ग्यालेक्सी एस २४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य ९४,९९९ रुपैयाँबाट सुरु हुने कम्पनीले बताएको छ ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई ० प्रतिशत ब्याज दरमा ४,७५० रुपैयँँ महिनादेखि सुरु हुने गरी सजिलो ईएमआई सेवा समेत रहेको कम्पनीले जानकारी दिएको छ । । ३,००० रुपैयाँसम्मको विशेष बोनससहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध हरेको छ ।

प्रतिक्रिया दिनुहोस्