Logo

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ७ अर्ब नाघ्यो

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ७ अर्ब नाघ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उच्च अंकले बढिरहेको नेप्से अन्तिम समयमा भने २.४७ अंकले बढेर २७ सय ४५.३६ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय १६ कम्पनीका १ करोड ८८ लाख ७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ७ समुहको परिसुचकमा वृद्धि देखिएको छ । यसैका कारण आज ८९ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने बाँकी १ सय ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज कुमारी बैंकको सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्