Logo

३ दिनमा नेप्से १३५ अंकले बढ्यो, गभर्नर भन्छन्, बजार घटवढ हुँदा आत्तिर र मात्तिन हुँदैन

३ दिनमा नेप्से १३५ अंकले बढ्यो, गभर्नर भन्छन्, बजार घटवढ हुँदा आत्तिर र मात्तिन हुँदैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता लगातार ओरालो लागेको नेप्से परिसुचक पछिल्लो ३ दिनमा उच्च उत्तरचढाव हुँदै उकालो लागेको छ । सोमबार १ सय अंकभन्दा बढीले उत्तरचढाव हुँदै ४० अंकले बढेको नेप्से परिसचक ३ दिनमा १ सय ३५ अंकभन्दा बढीले उकालो लागेको हो । जसमा हिजो ४३ अंकले बढेको थियो भने आज बुधबार ५२ अंकभन्दा बढीले उकालो लागेको छ । बुधबार नेप्से परिसुचक १ हजार ६ सय ६ अंकमा पुगेर अडिएको छ ।

बजारमा केही लगानीकर्ताहरुको चलखेल हुँदा बजार अनावश्यक रुपमा घटवढ भइरहेको छ । बजार घट्दा उच्च कारोवार र बढ्दा कममै उचाल्ने प्रवृत्तिले साना लगानीकर्ताहरु मारमा समेत पर्न गएका छन् ।

यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि बजार उत्तरचढाव हुँदा लगानीकर्ताहरु अनावश्यक रुपमा आत्तिने गरेको बताए । ‘सेयर बजारको चक्र भनेकै घटवढ भइरहने हो,’ सेजन डेको अवसरमा बोल्दै उनले भने, ‘सेयर बजारमा बैंक वित्तीय संस्थाको लगानी बढी भएकाले राष्ट्र बैंकले सोही अनुरुप नियालिरहेको छ ।’ नेपालमा मात्र होइन संसार भर सेयर बजारमा दिनहुँजसो उत्तरचढाव भइरहेने उनले जानकारी दिए । तर सेयर बजार घटवट हुँदैमा नीति नियम परिवर्तन नहुने समेत उनको तर्क छ । साथै सेयर बजारलाई क्षणिक रुपमा नभई दिर्घकालिन लगानीको रुपमा हेरिनुपर्ने उनको भनाइ थियो ।

बुधबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तत ५२ दशमलव ४० अंकले उकालो लागेको छ । बजारमा होटल वाहेक सवै समुहका परिसुच उकालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहका परिसुचक २ सय ८५ अंकले उकालो लागोको छ भने बजारमा सवैभन्दा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ५६ अंकले बढेको छ । यसैगरी जलविद्युत, विकास बैंक, तथा फाइनान्स समुहका परिसुचक पनि उच्च रुपमा उकालो लागेका छन् ।

बजारमा १ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोवार भएको छ । दिनभर १ सय ३५ कम्पनीको १४ लाख ८९ हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमा सवैभन्दा बढी २० करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । विगत ३ हप्ता यता उच्च कारोवार हुने कम्पनीको पहिलो सूचिमा एभरेष्ट बैंक रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्