Logo

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४३.२२ अंकले बढ्दै २७ सय ४२.८८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज दिनभर ३ सय २० कम्पनीका १ करोड ३२ लाख २४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६६ करोड बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्