Logo

दशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार

दशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार



काठमाडौं । दशैंको करिव एक हप्तापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.४८ अंकले बढ्दै २७ सयढ ९९.६६ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय ७ कम्पनीका ६४ लाख १७ हजार २ सय बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६ करोड २३ लाख ३७ हजार माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै आज ३२ कम्पनीको सेयरमूल्य घट्दा ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्