Logo

जगदम्वा सिमेन्टले दियो भूकम्प प्रतिरोधी भवन निर्माण तालीम, १ सय राजमिस्त्री सहभागी

जगदम्वा सिमेन्टले दियो भूकम्प प्रतिरोधी भवन निर्माण तालीम, १ सय राजमिस्त्री सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जगदम्वा सिमेन्टले भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीम दिएको छ । कम्पनीले दोलखाको चरिकोटस्थित संगम होटलमा आयोजीत कार्यक्रममा मिस्त्रीहरुलाई यसप्रकारको तालीम दिएको हो ।

सो अवसरमा १ सय भन्दा बढी राजमिस्त्री तथा डिलरहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा दिगो भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानरकारी समेत प्रदान गरिएको थियो ।

कम्पनीले उपभोक्ता तथा समाजप्रति उत्तरदायी रही विविध कार्यक्रम आयोजना गर्दै आएको छ । त्यस्तै चालु आवदेखि औऔं सव मिली देश बनाऔं भन्दै देश निर्माणका लागि अपिल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्