Logo

मंगलवार पनि उकालो लाग्यो सेयर बजार, साढे ४३ अंकले बढ्दा १ अर्व १६ करोडको कारोवार

मंगलवार पनि उकालो लाग्यो सेयर बजार, साढे ४३ अंकले बढ्दा १ अर्व १६ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४३ दशमलव ५२ अंकले उकालो लागेको छ । विगत केही समययता उच्च रुपमा घटेको बजार सोमवारदेखि फेरी बढ्न शुरु गरेको हो । आज सेयर बजार १ हजार ५ सय ५३ दशमलव ६८ अंकमा पुगेर बन्द भएको छ ।

बजार खुलेको केही समय ओरालो लागेको नेप्से अन्नतः साढे ४३ अंकले बढेर बन्द भएको हो । साना लगानीकर्तालाई डर देखाएर शुरुमा उच्च रुपमा मूल्य घटाउने र सस्तो मूल्यमा सेयर उठाउने चलखेलमा केही ठूला लगानीकर्ताहरु लागेकोले सेयर बजारमा उतारचढाव आएको विज्ञहरुको तर्क छ ।

मंगलवार बजारमा १ अर्व १६ करोडको कारोवार भएको छ । सो दिन १ सय ३१ कम्पनीको १३ लाख कित्ता सेयर किनबेच भएको हो ।

मंगलवार उत्पादनमुलक वाहेक सवै समुह परिसुचक उकालो लागेका छ । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ४८ दशमलव १२ अंकले बढेको छ ।

यसैगरी जलविद्युत १ सय ४ दशमलव ४२ र बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ४२ दशमलव ३६ अंकले उकालो लागेको छ । विकास बैंक ४२, फाइनान्स ८ दशमलव ५५, होटल ३ दशमलव ९८ र अन्य समुह १ दशमलव ७४ अंकले उकालो लगेको हो ।

सो दिन उत्पादन समुह भने २१ दशमलव २८ अंकले ओरालो लागेको छ । सो दिन एभरेष्ट बैंक लिमिटेडको १५ करोड ३५ लाख बराबरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्