Logo

कतार एयरवेजको ट्राभल टूगेडर क्याम्पेन, विजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत छुट

कतार एयरवेजको ट्राभल टूगेडर क्याम्पेन, विजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेडर, सेभ टूगेडर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फस्र्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

३ देखि ९ जनाको समूह बनाइ यात्रा गर्ने यात्रुले योजना मार्फत आकर्षक डिल्सबाट लाभान्वित हुन सक्नेछन् । २८ नोवेम्बर देखि ५ डिसेम्बर २०१६ सम्म यात्राका लागि टिकट बुक गर्ने उपभोक्ताले १५ जून २०१७ सम्मको यात्रामा यस क्याम्पेनबाट लाभान्वित हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यात्रूहरुले फ्लाइटको खरिदमा डबल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । साथै, अनलाइन माध्यमबाट टिकट बुक गर्ने यात्रूहरुले हमाद ईन्टरनेशनल एयरपोर्टको कतार ड्युटी फ्रि रिटेल्समा सपिङ गर्नका लागि २५ प्रतिशत सम्म छुट उपलब्ध हुने कतार ड्यूटी फ्रि भाउचर्स समेत प्राप्त गर्न सक्नेछन् ।

तर, योजनामा शर्तहरु लागु हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि उपभोक्ताले कतार एयरवेज डट कम ट्राभल टुगेदरमा गई बुकिङ गर्दा थप जानकारी प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत छानिएका ट्राभल एजेन्ट मार्फत विभिन्न विशेष टूर प्याकेजको ब्यवस्था समेत गरिएको छ । यसका लागि उपभोक्ताले आफ्नो पायक पर्ने ट्राभल एजेन्ट वा कतार एयरवेजको सेल्स अफिस मार्फत थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार अफर मार्फत लाभान्वित हुनका लागि उपभोक्ताले कतारएयरवेजडट कम स्ल्यास ट्राभल टुगेदरमा अनलग गरी वा नजिकको सेल्स अफिस तथा कम्पनी मार्फत एपोइन्टेड ट्राभल पार्टनरसँग बुकिङका लागि सम्पर्क गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्