Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २७.३९ अंकले घट्दै २६ सय ६३ को विन्दुमा झरेर बन्द भएको हो ।

कारोबार अवधिभर आज ३ सय कम्पनीका १ करोड ३ लाख ३० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यसअघि सोमबार कारोबार ७ अर्ब नाघेको थियो । आज सबै समुहका परिसुचक ओरालो लाग्दा २ सय ७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने जम्मा ३५ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्