Logo

ठूला लगानीकर्ताको मुठ्ठीमा सेयर बजार, एकदिनमै १ सय अंकको उत्तरचढाव

ठूला लगानीकर्ताको मुठ्ठीमा सेयर बजार, एकदिनमै १ सय अंकको उत्तरचढाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता उच्च रुपमा घटेको सेयर बजारमा ठूला लगानीकर्ताको प्रभाव देखिएको छ । आइतबार ४ अंकभन्दा बढीले घट्दै सर्किट ब्रेक लागेको नेप्से आज पनि त्यस्तै रहयो ।

बजार खुलेको २ घण्टाको अवधिमा बजार ४ प्रतिशतभन्दा बढीले घट्दै झण्डै ८० करोडको कारोवार भएको थियो । तर, त्यसको लगत्तै बजारलाई द्वुत गतिमा बढाइयो । बजारमा २० करोडको करोडको कारोवार हुँदा नेप्से रिकभर भई झण्डै ४० अंकले बढ्न पुगेको छ । साना लगानीकर्तालाई डर देखाएर शुरुमा उच्च रुपमा मूल्य घटाउने र सस्तो मूल्यमा सेयर उठाउने चलखेलमा केही ठूला लगानीकर्ताहरु लागेको नेपाल लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।

सोमबार बजार १ सय अंकभन्दा बढीले तलमाथी हुन पुग्यो । जुन एकदमै डरलाग्दो पक्ष हो । यसरी बजारमा उत्तरचढाव हुँदा साना लगानीकर्ता मार पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । अहिले ठूला र संस्थागत लगानीकर्ताले नै बजारमा घटाउनका लागि सेयर विक्रीको चाप बढाइरहेका छन्,’ फुल्लेलले भने, ‘जसले गर्दा बजार उच्च रुपमा घटिरहेको छ ।’

आज १ हजार ४ सय ५ अंकभन्दा तल भरेको नेप्से परिसुचक अन्तत युटर्न हँुँदै १ हजार ५ सय १० अंकमा पुगेको छ । बजार बन्द हँुदा नेप्से ४० दशमलव ६८ अंकले बढ्न पुगेको छ । दिनभर बजारमा १ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । तर, घट्दा उच्च कारोवार र बढ्दा न्युन करोवार रहेको छ ।

सोमबार उत्पादनमुलक वाहेक सवै समुह परिसुचक उकालो लागेका छ । जसमा सवैभन्दा बढी बीमा समुहकै १ सय ३४ अंकले बढेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ५० अंकभन्दा बढीले उकालो लागेको छ । बजारमा होटल, विकास बैंक र जलविद्यूत समुहको परिसुचक पनि उच्च रुपमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्