Logo

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार समान्य उकालो लागेको सुनको मूल्य आज पनि सोही गतिमा बढेको छ । सोमबार बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बृद्धि भएको छ ।

सुनको मूल्य सामान्य बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै ७ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्