Logo

३७ अंकले बढ्यो नेप्से, ७ अर्ब माथिको कारोबार

३७ अंकले बढ्यो नेप्से, ७ अर्ब माथिको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्दै २६ सय ९० को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय ५ कम्पनीका १ करोड ५८ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख माथि पुगेको छ ।

आज वित्त र उत्पादनमुलक बाहेक सबै समुहको परिसुचकमा हरियाली छाउँदा १ सय ७६ कम्पनीको सेयरमूल्य बढेको छ भने ६६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको २६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्