Logo

सेयर बजार उच्च रुपमा घटेपछि अर्थमन्त्री चिन्तित, मार्जिङ लेण्डिङ बढाउन गभर्नरलाई दिर्नेशन दिइँदै

सेयर बजार उच्च रुपमा घटेपछि अर्थमन्त्री चिन्तित, मार्जिङ लेण्डिङ बढाउन गभर्नरलाई दिर्नेशन दिइँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दैनिक रुपमा सेयर बजार उच्च रुपमा घटेपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चिन्तित देखिएका छन् । आजै विहान लगानीकर्ताहरुसँग भेट गर्दै उनले सेयर बजार घटेको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

सेयर बजारको प्रेसर थेग्न नसेपछि सो विषयमा नयाँ व्यवस्था ल्याउन नेपाल लगानीकर्ता संघ अर्थमन्त्री महरा भेट्न पुगेका थिए । विशेषगरी हालको मार्जिङ लेण्डिङलाई बढाएर ६० प्रतिशत पुर्याउनु पर्ने तथा अनलाईन ट्रेडिङलाई तत्काल कार्यान्वयनमा ल्याएर देशभर पुर्याउनु पर्ने माग पेश गरिएको लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।

जवाफमा उपप्रधान थता अर्थमन्त्री महराले सो विषयमा आफुले पनि केही गृहकार्य गरिरहेको र मार्जिङ लेण्डिङ बढाउने विषयमा तत्काल गभर्नरसँग छलफल गर्ने बताए । ‘मार्केट बढाउनका लागि कुन फर्मुला प्रयोग गर्नुपर्छ म तयार छु,’ उनले भने, ‘लगानीकर्ताहरु आत्तिन पर्दैन म सक्दो सहयोग गर्छु ।’

पछिल्लो समय सेयर मूल्यमा उच्च गिरावट आएपछि बैंकहरुले मार्जिङ कल गर्न थालेको भन्दै सो विषयमा पनि ध्यानाकर्षण गराएका छन् । साथै पछिल्लो समय संस्थागत लगानीकर्ताहरुले नै चलखेल गरेका कारण बजारमा सेलको ठूलो प्रेरर परेको समेत फुल्लेलको भनाइ छ

प्रतिक्रिया दिनुहोस्
MBL