Logo

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब माथिको कारोबार

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब माथिको कारोबार



काठमाडौं । पछिल्लो समय केहि सुस्ताएको सेयर बजारमा यो साताको पहिलो दिन नै उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिममा ५६.०९ अंकले बढ्दै २६ सय ५३ को विन्दुमा उक्लिएको हो ।

आज कारोबार अवधिभर कुल ३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय १९ कम्पनीको सेयरमूल्य बढेको छ । आज जम्मा बढेका कम्पनीहरुमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ ।

आईतबार २३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २ कम्पनीको सेयरमूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्