Logo

यसकारण रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता, यस्तो छ अर्थ मन्त्रालयको सूचना

यसकारण रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता, यस्तो छ अर्थ मन्त्रालयको सूचना



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तीको अन्तरवार्ता रोकिएको सम्बन्धी सूचना जारी गरेको छ ।

बोर्डको अध्यक्ष चयन गर्न गठित समितिले शुक्रबार सर्टलिस्टमा परेका ३ जनालाई अन्तरवार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, केहि कारणवश उक्त अन्तरवार्ता र प्रस्तुतीकरण रोकिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दे विशेष कारणवश उक्त अन्तरवार्ता रोकिएकाले अर्काे सूचना नआउँदासम्मका लागि स्थगित गरिएको बताएको छ ।

यद्यपी अर्थमन्त्रालय स्रोतका अनुसार भने अन्तरवार्ता र प्रस्तुतीकरणमा समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी नै उपस्थित नभएपछि अन्तरवार्ता रोकिएको हो ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्