Logo

अपटेडःबजार खुलेको पौने घण्टामै सर्किट ब्रेक, पौने १३ करोडको मात्र कारोवार

अपटेडःबजार खुलेको पौने घण्टामै सर्किट ब्रेक, पौने १३ करोडको मात्र कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन बजार खुलेको पौने घण्टामै सर्किट ब्रेक लागेको छ । बजार द्वत गतिमा घट्न थालेपछि पौने घण्टामा सर्किट ब्रेक लागेको हो ।

सो अवधिमा सवै समुहका परिसुचक उच्च रुपमा ओरालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहका परिसुचक २ सय ६९ अंकले ओरालो लागेको छ भने बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ५१ अंकले घट्न गएको छ ।

सो अवधिमा होटल समुह १ सय ४२ अंकले घटेको छ भने विकास बैंक १० र जलविद्युत समुह ३५ अंकले ओरालो लागेको छ । सो अवधिमा ८३ कम्पनीको १२ करोड ७६ लाख रुपैयाँ बरावरेको २ लाख ३८ हजार कित्ता सेयर खरिदविक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्