Logo

नेपालमै बनेका २५० बढी हुन्डाई गाडी विक्री, केहि समयका लागि भेन्यु इ ४० लाखमै उपलब्ध हुने

नेपालमै बनेका २५० बढी हुन्डाई गाडी विक्री, केहि समयका लागि भेन्यु इ ४० लाखमै उपलब्ध हुने



काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा एसेम्ब गरेका हुन्डाई भेन्यु २ सय ५० बढी विक्री भएको जानकारी दिएको छ । कम्पनीले २०२४ को मे देखि नेपालमा भेन्यु एस र एसएक्स उत्पादन गरी विक्री सुरु गरेको थियो । त्यसयता मात्रै कम्पनीले उक्त संख्यामा नेपालमा एसेम्ब गरिएका गाडीहरुको विक्री गरेको हो ।

कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादन सुरु गरिएसँगै हुन्डाई नेपाल मेड फर योर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो। पछिल्लो समय कम्पनीले हुन्डाई भेन्यु ई को पनि उत्पादन गरी विक्री सुरु गरिसकेको छ । उक्त गाडीको प्रारम्भिक मूल्य सीमित अवधिको लागि कम्पनीले ४० लाख ९६ हजार रुपैयाँ कायम गरेको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरिएन्ट मध्ये भेन्यु (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्