Logo

टिकेन नेप्सेको उकालो यात्रा, बुधबार परिसुचक दोहोरो अंकले घट्दा कारोबार पनि खुम्चियो

टिकेन नेप्सेको उकालो यात्रा, बुधबार परिसुचक दोहोरो अंकले घट्दा कारोबार पनि खुम्चियो



काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । आज कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २६.०७ अंकले घटेर २५ सय ९७.४९ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय १० कम्पनीका १ करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो दिन मंगलबारको तुलनामा केहि न्युन हो ।

आज विकास बैंक बाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा १ सय ८७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने जम्मा ५४ कम्पनीको सेयरमूल्य बढेको छ । आज बढेकामध्ये थ्रि स्टार हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।
आज नेपाल फाइनान्स लिमिटेडेको सेयर सबैभन्दा बढी अर्थात २० करोड माथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्