Logo

सेयर बजार ११५ अंकले बढ्यो, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि

सेयर बजार ११५ अंकले बढ्यो, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि



काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से आज ११४.७० अंकले बढ्दै २६ सय २३.५६ अंकको विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय ७ कम्पनीका १ करोड ७५ लाख ७ हजार बढी कित्ता सेयर ९६ हजार ९ सय ६ पटक किनबेच हुँदा कारोबार रकम ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँ माथि पुगेको छ ।

यसअघि अघिल्लो हप्तादेखि नेप्से लगातार ओरालो लाग्ने क्रममा थियो । यी हप्ताहरुमा कारोबार रकम पनि ओरालो लागेर सोमबार ३ महिनायताकै न्युन कारोबार भएको थियो ।

यस्तै आज सबै समुहको परिसुचकमा हरियाली छाउँदा २ सय ४३ कम्पनीको सेयरमुल्य वृद्धि भएको छ । त्यसमध्ये पनि मंगलबार २३ कम्पनीको सेयरमुल्यमा सर्किट लागेको छ ।

आज जम्मा १ कम्पनीको सेयरमूल्य घटेको र एक कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीको कारोबार २८ करोडको भएको छ ।

प्रतिक्रिया दिनुहोस्