Logo

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर



काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका कम्पनीले दुई मोडलका गाडीहरुमा आकर्षक अफरहरु ल्याएको हो ।

उक्त अफर अन्तर्गत नेटा भि किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ। साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ। यति मात्र होइन, नेटा भि खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन्। यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउने कपमनीले जानकारी दिएको छ । साथै नेटा एक्स खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने छ ।

नेटा भि विद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प हो। यसमा ४०.७ किलोवाट क्षमताको ब्याट्री छ, जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ। ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ। १२० एन एम टर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउँछ, जसले गाडीको गति र नियन्त्रणलाई सुधार गर्छ। नेटा भि ले २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ। यसले एकपटक चार्जमा १८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ, र यसमा सिएटियल का लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन्, जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमि सम्म छ।

नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्स ले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ। यी विशेषताहरू नेटा एक्स लाई बहुपरकारी र इको फ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन्।

प्रतिक्रिया दिनुहोस्