Logo

उच्च अङ्कले बढ्यो नेप्से, लामो समय घटेको बजारमा खरिद चाप बढ्दा विक्रेता भेटिएनन

उच्च अङ्कले बढ्यो नेप्से, लामो समय घटेको बजारमा खरिद चाप बढ्दा विक्रेता भेटिएनन



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि केहि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४४.४५ अंकले उकालो लाग्दै २५ सय ८.८६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका ३ सय १९ कम्पनीका ९७ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँमा खुम्चिएको छ । यसअघिका दिनहरुमा कारोबार रकम ४ अर्ब नाघ्ने गरेको थियो । आज बजारमा खरिद चाप उच्च भएपनि सेयर विक्रेता भने न्यून हुँदा विक्री चाप नै न्यून थियो ।

आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा २ सय १० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ भने ३३ कम्पनीको सेयरमूल्य मात्रै ओरालो लागेको छ । आज ३ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्