Logo

न्युरोडमा लाभा मोबाइलको एक्सक्लुसिभ शोरुम, बिहीवारदेखि विक्री शुरु

न्युरोडमा लाभा मोबाइलको एक्सक्लुसिभ शोरुम, बिहीवारदेखि विक्री शुरु


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । चिनीँया मोबाइल कम्पनी लाभाले पहिलो पटक न्युरोडमा टच एण्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम संचालनमा ल्याएको छ । अम्बे मोबाइले बजारमा ल्याएको लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहिबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

लाभा मोबाइल दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्वी देश र दक्षिण अमेरिकी मुलुकमा समेत कारोबार भइरहेको छ । कम्पनीले सस्तो मुल्यमा उत्कृष्ट फिचर भएको लाभा मोबाइले १० वटा मोडल बजारमा ल्याएको छ । ६ बर्ष देखि नेपालमा कारोबार भइरहेको लाभा मोबाइलका देशभर ६ वटा आफ्नै र थर्डपार्टी मार्फत १६ वटा सोरुम संचालनमा ल्याइसकेको छ । सस्तो मुल्यमा उत्कृष्ट फिचर उपलब्ध गराइरहेको लाभा मोबाइलले सबै बर्गका ग्राहकहरुको माया पाउने बिश्वास लिएको छ ।

कार्यक्रममा अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले अघिल्लो बर्षको तुलनामा लामा मोबाइलको कारोबार ४० प्रतिशतले बढेको र आउने बर्षमा अझ बढ्ने बताए । लाभा मोबाइलमा भएको फिचर अन्य मोबाइलमा खोज्ने हो भने दुइगुणा बढी रकममा मात्र पाइने दावी गरे ।

न्युरोडको पाकोमा संचालनमा आएको सोरुम मार्फत मोबाइल पारखीलाई टच एण्ड फिलको सुबिधा सहित कारोबार पनि गर्ने छ । लाभा मोबाइलको कस्टुमर केयर सेन्टर सुन्धाराको सिटीसी मलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्