Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब मात्रै

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब मात्रै



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले घटेको छ । दिनभर उत्तारचढावसहित आज नेप्से २२.३६ अंकले घट्दै २४ सय ६४ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २७ कम्पनीका १ करोड ३ लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५ करोड ६ लाख रुपैयाँमा सीमित भएको हो ।

यसदिन कारोबारमा आएकामध्ये उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा १ सय ९३ कम्पनीको सेयरमुल्यमा गिरावट आएको छ । यस्तै आज जम्मा ४६ कम्पनीको सेयरमूल्य मात्रै बढेको देखिन्छ । आज १५ करोड रुपैयाँभन्दा माथिको सेयर कारबार कुनै कम्पनीको नभएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्