Logo

बार्षिक रुपमा बढ्दै क्यामराको माग, ३ महिनामा साढे १४ करोडको आयात

बार्षिक रुपमा बढ्दै क्यामराको माग, ३ महिनामा साढे १४ करोडको आयात


बिजखबर संवाददाता
0
Shares

रामराजा श्रेष्ठ

काठमाडौं । पछिल्लो समय मोवाइलहरुमा शक्तिशाली क्यामराको प्रयोग बढेको छ । त्यसोत केही कम्पनीले मोवाइलमा क्यामरालाई हाइलाइट गरेको पनि देखिन्छ । सामसुङ, एप्पल,नोकियाका साथै हुवाए, एक आई तथा ओप्पोमा मोवाइलमा शक्तिशाली क्यामरा राख्ने होडबाजी नै चलेको छ । यसले गर्दा क्यामराको बजारलाई केही असर पुर्याएपनि खस्किएको भने छैन ।

अन्य देशमा जस्तौ नेपालमा पनि यस्ता मोवाइलको प्रयोगले क्यामराको बजारमा असर पुर्याएको छ । तर क्यामराको माग तथा विक्री बार्षिक रुपमा बढेकै देखिन्छ । राष्ट्र बैंकको हालै सािर्वजनिक तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार चालुआर्थिक बर्षको ३ महिनामा नेपालमा १४ करोड ६२ लाख रुपैयाँ बराबरको क्यामरा आयात भएको छ ।

जुन गत आवको सो अवधिको भन्दा बढी हो । गत आवको ३ महिनामा १३ करोड २५ लाखको क्यामरा आयात भएको थियो ।

नेपालमा विशेषगरी चीन र तेस्रो मुलुकबाट क्यामरा आयात हुन्छ । जसमध्ये ३ महिनामा चीनबाट ६ करोड ७४ लाखको क्यामरा आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो अघिल्लो आवको सो अवधिको तुलनामा ० दशमलव ८ प्रतिशत कम हो । अघिल्लो आवको ३ महिनामा चीनबाट ६ करोड ७९ लाख रुपैयाँ बराबरको क्यामरा आयात भएके थियो ।

त्यस्तै सो अवधिमा तेस्रो मुलुकबाट ७ करोड ८८ लाख बराबरको क्यामरा आयात भएको देखिन्छ । तेस्रो मुलुकबाट गत आवको सो अवधिमा ६ करोड ४६ लाखको क्यामरा आयात भएको देखिन्छ । जुन चालु आवको सो अवधिको तुलनामा २१ दशमलव ९ प्रतिशतले २१ हो ।

प्रतिक्रिया दिनुहोस्