Logo

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पाँच अर्बमुनि

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पाँच अर्बमुनि



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.८१ अंकले घट्दै २४ सय ८६.७६ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र व्यापार बाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय १ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बिहीबार जम्मा ३९ कम्पनीको सेयरमूल्य मात्रै बढेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्