Logo

सेयर बजार ओरालो लाग्ने क्रम जारी, सवै समूह रातो, साढे ४२ अंकले घट्दा १ अर्वको कारोवार

सेयर बजार ओरालो लाग्ने क्रम जारी, सवै समूह रातो, साढे ४२ अंकले घट्दा १ अर्वको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विगत केही दिनदेखि लगातार ओरालो लागेको नेप्से बुधवार पनि त्यही लयमा घटेको छ । आज नेप्से ४२ दशमलव ४६ अंकले ओरालो लागेर १ हजार ५ सय ४० अंकमा झरी बजार बन्द भएको छ ।

सेयर बजारमा ठूला लगानीकर्ता सस्तो मूल्यमा सेयर बेच्दै बाहिरिन थालेपछि बजार ओरालो लागेको हो । बुधवार बीमा समुह ३ सय ६५ दशमलव ६४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल समुह १ सय २ दशमलव ९२,विकास बैंक ४१ दशमलव ८ र सेयर बजारमा बढी प्रभाव भएको बैंकिङ समुह ३७ दशमलव ४७ अंकले ओरालो लागेको छ ।

त्यसैगरी जलविद्युत,अन्य,फाइनान्स र उत्पादन समुह क्रमशः १५ दशमलव १७,१३ दशमलव ८८, १३ दशमलव ८७ र १२ दशमलव ६९ अंकले घटेको छ ।

सो दिन एभरेष्ट बैंकको कारोवार भने १७ करोड ६० लाखको भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको १३ करोड १७ लाखको कारोवार भएको छ । बुधवार १ सय ३१ ओटा कम्पनी कारोवारमा आएका थिए ।

बुधवार कारोवार रकम भने उकालो लागेको छ । मंगलवार ८२ करोडको कारोवार भएकोमा १ अर्व ७ करोडको कारोवार भएको छ । ती कम्पनीको १५ लाख ३८ हजार कित्ता सेयर विक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्