Logo

स्काईवर्थ सपना सा कार अफरको पहिलो साप्ताहिक विजेता घोषणा

स्काईवर्थ सपना सा कार अफरको पहिलो साप्ताहिक विजेता घोषणा



काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले स्काईवर्थ सपना साकार योजनाको पहिलो विजेता घोषणा गरेको छ ।

कम्पनीले चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो । उक्त अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको हो ।

काठमाडौँको स्काईवर्थ सोरुमबाट सामान खरिद गरेका सन्देश अधिकारीलाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सस प्रालिले माइक्रोवेभ उपहार प्रदान गरेको छ ।

साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सकिनेछ ।
सााथै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्