Logo

सीजी मोटर्सको फ्यूचर ईभी कार्निभल सुरु, ५ ब्राण्डका विद्युतीय गाडीहरु प्रदर्शनमा

सीजी मोटर्सको फ्यूचर ईभी कार्निभल सुरु, ५ ब्राण्डका विद्युतीय गाडीहरु प्रदर्शनमा



काठमाडौं । सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले फ्यूचर इ।भी। कार्निभल सुरु गरेको छ । विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै कम्पनीले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इभी कार्निभल सुरु गरेको हो । यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ। कार्निभल बिहान १० बजे देखी साँझ ६ बजेसम्म सञ्चालन हुने छ र यसमा रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, र सीजी केवाइसीका सवारी साधनहरू प्रदर्शनमा राखिएका छन्।

नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले अभतार, रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, सीजी केवाइसी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।

ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एण्ड फिल गर्न पाउनेछन्। साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टलहरू समावेश गरिएको छ। प्रदर्शनीमा राखिएका कुनैपनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्