Logo

नेपाली बजारमा सीजी मोटर्सले भित्र्यायो दायुन युइहु , बजारमूल्य ३१ लाख

नेपाली बजारमा सीजी मोटर्सले भित्र्यायो दायुन युइहु , बजारमूल्य ३१ लाख



काठमाडौं । चीनको दायुन ग्रुपले उत्पादन गरेको युइहु सब कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वज्निक भएको छ । नेपालका लागि दायुनको आधिकारिक वितरण सीजी मोटर्सले उक्त नयाँ ब्राण्डको कार नेपाली बजारमा ससार्वजनिक गरेको हो ।

दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सले जानकारी दिएको छ। दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले १०५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ।

उक्त ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डिसी चार्जर मार्फत ५० मिनेट भन्दा कम लाग्दछ। दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १५०००० किलोमिटरको वारेण्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १२०००० किलोमिटरको वारेण्टी प्रदान गरेको छ।

दायुन युइहु सब(कम्प्याक्ट एसयुभी मा उत्कृष्ट २०१ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ। साथसाथै उक्त गाडी फिचर्सहरुले पनि भरिपूर्ण रहेको छ।

७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ सिस्टम, एयरब्याग, एबिएस, इबिडि, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ। दायुन युइहु सब–कम्प्याक्ट एसयुभी को मुल्य ३१ लाख रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्