Logo

२४ सय ७० को विन्दुमा झर्याे नेप्से, कारोबार रकममा पनि गिरावट

२४ सय ७० को विन्दुमा झर्याे नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से उच्च अंकले घट्दै २४ सय ७० को विन्दुमा झरेर रोकिएको छ । पछिल्लो समय लगातार घटिरहेको नेप्से मंगलबार पनि ५८.९३ अंकले घट्दै २४ सय ७०.३९ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय ९ कम्पनीका १ करोड ५५ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार माथि पुगेको छ । यो अघिल्लो कारोबार दिन सोमबारको तुलनामा केहि कम हो ।

आज सबै समुहका परिसुचकहरु ओरालो लाग्दा २ सय ३३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने जम्मा १० कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको देखिन्छ । आज कारोबारमा आएका कम्पनीमध्ये १८ करोड रुपैयाँ माथि कुनै कम्पनीको कारोबार हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्