Logo

आइफोन सेभेन र सेभेन प्लसमा आकर्षण, ३ दिनमा १हजार ८ सय ३० थान विक्री

आइफोन सेभेन र सेभेन प्लसमा आकर्षण, ३ दिनमा १हजार ८ सय ३० थान विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा विक्री खुल्ला गरेको ३ दिनमा १ हजार ८ सय ३० ओटा आइफोन विक्री भएका छन् । एप्पलको नेपालका लागि आधिकरीक विक्रेता जेनेरेशन नेक्सट् कम्युनिकेशन प्रालीले ३ दिनमा सो वराबरको आइफोन विक्री गरेको हो ।

साथै अर्डर गर्ने तथा यसवारे जिज्ञासा राख्नेहरुको संख्या उत्साहपूर्ण भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले हालै आइफोन सेभेन र आइफोन प्लास सेभन सार्वजनिक गरेको हो । ग्राहकको फ्लोले आफुहरु उत्साही भएको कम्पनीका प्रवक्ताले जानकारी दिए ।

नेपालमा एप्पलको आधिकारीक रुपमा विक्री यो पहिलो पटक हो । आधिकारिक कम्पनीबाट मोवाइल खरिद गर्दा सक्कली भ्याट विल तथा १ बर्षको वारेन्टीको सुविधा छ । कम्पीले एप्पलका आधिकारिक विक्रेता इभो स्टोर,फ्युचर वल्र्ड,ओलिज स्टोर,सोनु मोवाइल,एपेक्स डिजिटलबाट खरिद गर्न अनुरोध समेत गरेको छ ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले खवैधानिक मार्गबाट ल्याएको मोवाइल ब्लक गर्न सक्ने भन्दै त्यस्ता फोन नकिन्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्