Logo

विक्री चाप बढ्दा नेप्से उच्च अंकले घट्यो, कारोबारमा झिनो सुधार

विक्री चाप बढ्दा नेप्से उच्च अंकले घट्यो, कारोबारमा झिनो सुधार



काठमाडौं । साताको पहिलो दिन आईतबार केहि बढेको सेयर बजार दोस्रो दिन उच्च अंकले घट्न पुगेको छ । यसदिन कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा ५९.०२ अंकले घट्दै २५ सय २९.३३ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २९ कम्पनीका १ करोड ३५ लाख ३५ हजार ९ सय बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६६ करोड ३ लाख २ हजार बढी पुगेको छ । यो अघिल्लो काराबार दिन आईतबारको तुलनामा केहि बढी हो । आईतबार ५ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज सबै समुहका परिसुचक ओरालो लाग्दा २ सय २९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने जम्मा १४ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज बजारमा विक्री चाप बढेको देखिन्छ । अर्थात लगानीकर्ताले आफुसँग भएको सेयर विक्री गर्न खोज्दा बजारमा धेरैजसो सेयरको मूल्य ओरालो लागेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्