Logo

फ्युचर मोटर्सले आयोजना गर्याे निशुल्क सर्भिस क्याम्प, गियर आयलदेखि स्पेयर पार्ट्समा भारी छुट

फ्युचर मोटर्सले आयोजना गर्याे निशुल्क सर्भिस क्याम्प, गियर आयलदेखि स्पेयर पार्ट्समा भारी छुट



काठमाडौं । सिजी मोटर्सको भक्तपुरस्थित आधिकारिक डिलर फ्युचर मोटर्सले सर्भिस क्याम्पकाे आयोजना गरेको छ । उक्त डिलरले असोज ६ गतेदेखि ११ गतेसम्मका लागि स्पेयर पार्टस्मा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुटसहित निशुल्क सर्भिसको सुविधासहित उक्त क्याम्प आयोजना गरेको हो ।
नेपाली बजारमा नेटा , सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यान हरुको आधिकारिक वितरक सीजी मोटर्सले प्यासेन्जर भेहीकल सेगमेन्टमा नयाँ कोशेढुंगा स्थापना गरिसकेको छ।

साथै सीजी मोटर्सले नेपालभर सेवा र स्पेयर पार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ। सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवन सहित १७ सेवा केन्द्रहरू स्थापना गरेर, सवारीसाधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ।

सीजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको छ। यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्