Logo

साताको पहिलो दिन ११ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

साताको पहिलो दिन ११ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्बमा सीमित



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.५८ अंकले उकालो लाग्दा २५ सय ८८.३५ को विन्दुमा उक्लिएर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ९ करोड २९ लाख ४८ हजारमा सीमित भएको छ ।

आज कारोबारमा आएकामध्ये वित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ ।

आईतबार बहुल समुहको परिसुचक उकालो लाग्दा १ सय ३८ कम्पनीको सेयरमुल्य बढेको छ भने ९४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज इस्टर्न जलविद्युत कम्पनी, आत्मनिर्भर लघुवित्त र अपर स्याङ्गे जलविद्युत कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्