Logo

सिजीले ल्यायो इओन ब्लेज मिनी मोवाइल, बजार मूल्य ५५५५

सिजीले ल्यायो इओन ब्लेज मिनी मोवाइल, बजार मूल्य ५५५५


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिजी मोवाइलले ब्लेज सेरिजको नयाँ मोवाइल नेपाली बजारमा ल्याएको छ । कम्पनीले इओन ब्लेज मिनी नेपाली बजारमा सार्वजनिक गरेको हो । सो मोवाइलको बजार मूल्य ५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ ।

४ इञ्चको डिस्प्ले रहेको सो मोवाइलममा १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर रहेको र जसका कारण उत्कृष्ट पर्फमेन्स दिने कम्पनीको दावी छ । मोवाइलमा ८ जिवी रोम रहेको र त्यसलाई बृद्धि गरी ३२ जिवीसम्म बनाउन सकिने छ । साथै ५ मेगापिक्सेल रियर क्यामेरा रहेको सो मोवाइलमा २ मेगापिक्सेल फ्रण्ट क्यामेरा रहेको छ ।

मोवाइलमा २५०० एमएचको ब्याट्रि रहेका कारण एकपटक चार्ज गरेपछि लामोसमयसम्म चलाउन सकिने कम्पनीको दावी छ । साथै सो मोवाइल अन्य स्मार्टफोनमा आधुकिन प्रविधि प्रयोग गरिएको र मूल्य पनि सस्तो भएकाले ग्राहकलाई आकर्षित गर्न सक्ने सिजीका युनिट हेड रमेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL