Logo

भिभोको हालसम्मकै पातलो फोन ‘भिभो भि४०’ नेपालमा सार्वजनिक, प्री–बुकिङ खुला

भिभोको हालसम्मकै पातलो फोन ‘भिभो भि४०’ नेपालमा सार्वजनिक, प्री–बुकिङ खुला



काठमाडौं । नेपालमा भिभो –भी४० सार्वजनिक भएको छ । भिभोले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो नयाँ फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भि४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको नवीनतम स्मार्टफोन भएको कम्पनीले जानकारी दिएको छ ।

यो मोबाइलबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्याउने गरी डिजाइन गरिएको छ । जहाँ, प्रयोगकर्ताहरूले चलचित्र गुणस्तरका शानदार पोर्ट्रेट भिडियोहरू खिच्न सक्नेछन् ।

भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।


यसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्दछ । इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको पोर्ट्रेट फोटोग्राफीको लागि तयार पारिएको हो, जसले भिभोको र जाइस्द्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको छ । भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो सङ्कलन गर्न उत्कृष्ट हुने छ । किनकि यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्दछ ।

जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ्/१.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ ।

जसले कम प्रकाशमा पनि स्पष्ट पोर्ट्रेटहरू खिच्न सक्दछ । शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस्) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू यसबाट लिन सकिन्छ । यसले आफ्ना प्रयोगकर्ताहरूलाई पोर्ट्रेट फिचरमा युनिक भिजनका साथै जाइस् शैलीका बोकेह इफेक्ट सँगै एआई औरा लाईट पोर्ट्रेट फिचरले दृश्यलाई व्यावसायिक स्तरको प्रकाश प्रदान गर्दछ । एआई थ्रीडी स्टुडियो लाइटिङद्वारा बढाइएको भि४० ले इनडोर र ब्याकलिट पोर्ट्रेटहरूका लागि आवश्यक लाइटको व्यवस्था गर्दछ ।

भिभो भि४० फोटोग्राफी क्षमताहरूका लागि मात्र होइन,आकर्षक डिजाइन र प्रदर्शनका लागि पनि उत्कृष्ट रहेकोे छ । थ्रीडी कर्भ स्क्रिनसँगै ५५०० एमएएच ब्याट्री भएको रहेको यो फोन ७.५८ मिमी मात्र मोटाइ भएको भिभोको सबैभन्दा पातलो फोन हो ।

यसमा १२० हर्जको रिफ्रेस रेटसँगै अघिल्लो भन्दा ६०.७ प्रतिशत धेरै ४५०० निट्सको ब्राइटनेस रहेको छ । जसले गर्दा उज्यालो घामको प्रकाशमा समेत यसलाई सहजै सञ्चालन गर्न सकिन्छ । औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ’लुक्स’ थप राम्रो देखिएको छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो, र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ । जसमा एजि फ्लोराइट शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

यसमा क्वालकम स्न्यापड्र्यागन ७ जेन ३ द्वारा संचालित, भिभो भि४० मा १२ + १२ जि बी को विस्तारित र्याम रहेको छ, जसले गर्दा सहज रूपमा एप स्विचिङ र भारी फायलहरूको लागी ठुलो मेमोरी स्पेसको लागी सहज हुन्छ ।

आवश्यक पर्दा छिट्टो चार्ज गर्न मिल्ने यसमा ५५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ, जसलाई प्रयोगकर्ताहरू लामो समयसम्म मोबाइल चलाउन सक्छन् । यसमा आईपि ६८ र ६९ रहेकाले धूलो र पानीबाट समेत जोगाउँछ, जसले गर्दा विभिन्न वातावरणमा टिकाउपनको सुनिश्चितता रहन्छ ।

६५ हजार ९ सय ९९ रुपैयाँमा पाइने यो फोनको लागी प्री–बुक गर्दा आकर्षक उपहारहरु पनि उपलब्ध हुनेछन् । कम्पनीका अनुसार प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि दिईनेछ ।

प्री–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने छ । पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरु हुनेछ । भिभो भि४० सेप्टेम्बर २५ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL