Logo

बजारमा ठूला लगानीकर्ताको चलखेल, मूल्य घटाएर सस्तोमा सेयर उठाउँदै

बजारमा ठूला लगानीकर्ताको चलखेल, मूल्य घटाएर सस्तोमा सेयर उठाउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर बजारमा ठूला लगानीकर्ताको चलखेल प्रष्ट रुपमा देखिएको छ । शुरुमा सेयर मूल्य उच्च रुपमा घटाएर साना लगानीकर्तालाई हतास बनाउने र सस्तिएपछि बजारमा उठाउने खेलमा केही ठूला लगानीकर्ताहरु लागेका छन् ।

अहिलेको बजारको अवस्था हेर्ने हो भने पनि त्यस्तै संकेत गर्छ । आइतबार पनि ठूला लगानीकर्ताकै चलखेलमा बजार ४ दशमलव ८४ प्रतिशतसम्म घटाएर अन्तमा बजार बन्द हुनबाट रोकेर सस्तोमा सेयर उठाएका छन् । यस्तै घटना सोमबार पनि दोहोरिन पुग्यो । बजार खुलेको आघा घण्टामा २५ अंकले घटेको बजार त्यसको १ घण्टामा लय समात्दै २० अंकभन्दा बढीले बढ्न पुगेको थियो ।

बढ्दो ब्याजदरको मारमा परेका साना लगानीकर्ताहरुले बजारमा मूल्य घट्न थालेपछि सस्तोमा भएपनि बेचेर सुरक्षित हुन थालेका एक लगानीकर्ताले जानकारी दिए । ‘नेप्से परिसुचक १ हजार ८ बाट घटेर १ हजार ६ सय अंकभन्दा तल पुगिसक्यो,’ ती लगानीकर्ताले भने, ‘बजार अझै घट्दै जाने र ब्याजको चाप थेग्न नसके पनि केही लगानीकर्ताहरु बजारबाट वाहिरिन थालेका छन् ।’

साथै ५ सय र १ हजारका भारतीय रुपैयाका नोटमा प्रतिवन्ध लागेपछि पनि नेपालको सेयर बजारमा ठूलो असर परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । विशेषरी ट्रेडिङ बिजनेशमा रहेका केही ठूला व्यापारीहरुले सेयर मार्केटमा पनि लगानी गरेको र उनीहरुको भारु होल्ड भएर बसेपछि व्यवसायमा चल्नका लागि पनि सस्तोमा सेयर बेच्न थालेका हुन् । साथै लगानीकर्ताको खस्कदो मनोवल, भारु प्रभावका कारण दैनिक जसो बजार ओरालो लाग्न थालेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेको तर्क छ ।

जसको फलस्वरुप सोमवार नेप्से परिसुचक दिभनर उच्च रुपमा उत्तरचढाव हुँदै अन्तमा ६ दशमलव ६७ अंकले ओरालो लागेको छ । अन्तिममा बैंकिङ समुहको परिसुचक बढेपनि समग्र नेप्से परिसुचकमा सुधार आएको हो । बजारमा बैंकिङ समुहको परिसुचक ७ दशमलव ६४ अंकले बढ्यो भने होटल समुहको परिसुचक सवैभन्दा बढी २२ अंकले बढ्न गएको छ । त्यसैगरी, अन्य समुहको परिसुचक २० अंकले बढ्दा फाइनान्स समुहको परिसुचक पनि १२ अंकले उकालो लागेको छ । तर, बीमा, विकास बैंक, जलविद्युत लगायतका परिसुचक भने ओरालो लागेका छन् ।

दिनभर कुल १ सय २७ कम्पनीको सेयर कारोवार भएका छन् । ती कम्पनीको कुल ९२ करोड ८७ लाख रुपैयाँ बरावरका १३ लाख ८६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमा सवैभन्दा बढी एभरेष्ट बैैंकको १२ करोड ८० लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ भने दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सको साढे ५ करोडको कारोवार भएको छ । सोमबार अघिल्लो दिनको तुलनामा कारोवार रकम भने ३० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL