Logo

लुयानको दशैं तिहार तथा छठ धमाका अफर : स्कुटर किन्दा १० हजार छुटदेखि निशुल्क सर्भिससम्म

लुयानको दशैं तिहार तथा छठ धमाका अफर : स्कुटर किन्दा १० हजार छुटदेखि निशुल्क सर्भिससम्म



लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर संचालनमा आएको छ । लुयान दशैं तिहार तथा छठ धमाका अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो । यो अफर २०८१, असोज २ गते देखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले चालु आर्थिक बर्षको कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराउने जनाएको छ ।

यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने जनाएको छ ।

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।
लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ ।

आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनै समस्या नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाण्डौं उपत्यका भित्र मात्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो । यसको स्थापना करिब २७ बर्ष पहिला चीनमा भएको हो । आजको मितिसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्रि वितरण भइरहेको छ ।
देशको उर्जा देश मै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL