काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई २० प्रतिशत बोनर सेयर र ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीको हिजो वसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले सो विषयमा आजै मात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । जसअनुसार कम्पनीले शुरुमा २० प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । जसका लागि कर रकम वापट १ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।
बोनस जारीभएसँगै कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । उक्त एजेण्डा पारितका लागि कम्पनीले आगामी दिनमा हुने १५ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।