Logo

४ अंकले घटेर बन्द भयो बजार, कारोबार साढे ५ अर्ब नाघ्यो

४ अंकले घटेर बन्द भयो बजार, कारोबार साढे ५ अर्ब नाघ्यो



काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४ अंकले घट्दै २५ सय ७६ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २० कम्पनीका १ करोड ३९ लाख ५२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार माथि पुगेको हो ।

आज बैंकिङ र निर्जीवन बीमा समुहको परिसुचक उकालो लाग्दा अन्य ११ समुहको परिसुचक ओरालो लागेका छन । जसका कारण आज १ सय ६३ कम्पनीको सेयरमुल्य घट्दा जम्मा ७४ कम्पनीको सेयरमुल्य मात्रै उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL